सांसद पौडेलको प्रश्न- शपथ खाएर संसदमा आउनेहरूले व्यवस्थाको विरोध गर्न पाईन्छ र ?

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरूले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विरोध गर्न नपाउने बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौँ भनेर शपथ खाएर संसदमा आउनेहरूले त्यसको विरोध गर्न पाईन्छ र ? भनि प्रश्न गरेका हुन् शुक्रवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सचिव पौडेलले राप्रपाका सांसदहरूप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको विरोध गर्ने कुराले आफूहरूलाई गम्भिर बनाएको बताए ।

उनले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौँको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो । यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा सपथ खाएको हुन्छौ । र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं । सम्माननीय सभामुख महोदय, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको विरोध गरेको हामी यहाँ सुन्छौँ । सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु–सपथ खाएर आइसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र ? यो कुराको गम्भिर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु ।’

सचिव पौडेलले हजारौँको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको उल्लेख गर्दै यसलाई मान्छौँ भनेर सपथ खाने तर विरोध गर्ने काम गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *