नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य
२०८० फागुन १६ गते

काठमाडौं । नेदरल्यान्ड्सले टी–२० खेलमा नेपाललाई १८५ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको ४ विकेटको क्षतिमा १८४ रन जोड्यो ।
नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे । नवौं ओभरमा कुशल मललाई आक्रमण गर्ने प्रयासमा उनी स्टम्पिङ आउट भए ।
त्यसअघि तेस्रो ओभरमा म्याक्स ओ डाउड ४ रन जोड्दै करण केसीको शिकार बने । स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । उनी रनआउट हुन पुगेका थिए ।
साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।
२०८० फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








