नेदरल्यान्ड्सको आक्रामक ब्याटिङ, नेपाललाई तेस्रो सफलता

काठमाडौं । नेपालविरूद्धको टी–२० खेलमा नेदरल्यान्ड्सले आक्रामक सुरूवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले पहिलो १३ ओभरको ३ विकेटको क्षतिमा १२४ रन जोडेको छ ।

नेपालले भने तस्रो विकेट लिएको छ । नेदरल्यान्ड्सले तेस्रो विकेटका रुपमा स्कट एडवार्डसलाई गुमाएको हो ।

टोलीको कप्तानसमेत रहेका स्कट १६ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।

१३ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेदरल्यान्डले एक सय २३ रन बनाएको छ । उनी रनआउट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =