नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको दोस्रो विकेट लिएको छ ।

नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका हुन् ।

उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् ।

माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाए ।

उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =