बालकुमारी घटना हुँदा ललितपुरको सीडीओ रहेका पण्डितलाई प्रशासन महाशाखाको जिम्मा

काठमाडौं । गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्रप्रसाद पण्डितलाई दिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा यसअघि फाजिलमा रहेका सहसचिव पण्डितलाई रिक्त रहेको महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका पण्डित कोरियन भाषा परीक्षाको विषयलाई लिएर विवाद सृजना हुँदा बालकुमारीमा दुई जना युवाको निधन भएपछि उनी त्यहाँबाट गृह मन्त्रालय तानिएका थिए । यसअघि प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव केदारनाथ शर्माको कोशी प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवमा सरुवा भएपछि उक्त महाशाखा खाली रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =