पार्टी स्थायी कमिटी बैठक

माओवादी केन्द्रका नेताहरूले भने- ‘राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन’

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् ।

मङ्गलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा बारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ । तर माओवादी स्थायी कमिटीका नेताहरूले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यसैगरी बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाकाअनुसार बैठकमा काँग्रेस महासमिति बैठक प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए ।

प्रवक्ता सापकोटाले भने ‘हामीले प्रस्तुत सबै एजेन्डाहरूको बारेमा वृहत् छलफल गर्यौं । तर फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन । निर्णय भइसकेको छैन । छलफलको विषय तिनै हुन्, जो मैले पहिले नै प्रस्तुत गरिसकेको छु । सबभन्दा मुख्य चाहिँ कार्य विभाजनको विषय थियो । पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलिबढि छलफल भयो । यसमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले चाहिँ राष्ट्रिय सभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ । हालै सम्पन्न नेपाली काँग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो ।’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधवार) पनि बोलाइएको छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *