दशरथ रंगशालाले धान्न सक्दैन, ४० हजार दर्शक क्षमताको रंगशाला आवश्यक : अध्यक्ष नेम्वाङ

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले २५ देखि ४० हजारसम्म दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन आवश्यक भएको बताएका छन् ।
सोमवारको एन्फा साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको बताएका हुन् ।
उनले काठमाडौँमा दशरथ रंगशाला र च्यासल रंगशाला भएपनि अबको फुटबल दर्शकको मागलाई धान्न नसक्ने बताए । उनले फुटबलको लोकप्रियता बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन आवश्यक रहेको बताए । उनले दशरथ रंगशालाले अबका दिनमा दर्शकको क्षमता धान्न नसक्ने बताए ।
उनले भने, ‘काठमाडौँमा दशरथ रंगशाला छ, च्यासल रंगशाला पनि छ । अहिलेसम्म धानिरहेको अवस्था छ । फुटबलको यस्तै लोकप्रियता बढ्दै गएको अवस्थामा अब हामीलाई दशरथ रंगशालाले मात्रै धान्नसक्ने अवस्था छैन । सदस्यसचिवलाई केही अनुरोध गर्न चाहन्छु । एउटा अन्तर्राष्ट्रिय स्तरको २५ देखि ४० हजारसम्म दर्शकको रंगशाला नेपाली फुटबलको विकासका निम्ति आवश्यक भइसकेको छ । यसमा ढिलो गर्दा नेपाली फुटबलको विकासमा अवरोध पुग्नेछ ।’
उनले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अब ढिलो गरे नेपाली फुटबलको विकासमा अवरोध पुग्ने दाबी गरे ।








