एन्फा साधारण सभाबाट बजेट तथा कार्यक्रमहरू अनुमोदन

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) ले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ ।
सोमवार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।
साधारण सभाबाट ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताए ।
उनले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको बताए ।
यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रविणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।
उनले भने, ‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेका छौँ । लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय भएको छ । त्यसमा दीपक खाती संयोजक, प्रविणकुमार झा सदस्य र सुकबहादुर गुरुङ सदस्य छन् । २०८०/०८१ को हाम्रो अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको छ । खर्चको पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेका छौँ ।’
उनकाअनुसार साधारण सभाले २०८०/०८१ को अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको बताएको छ ।
त्यस्तै खर्चमा पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेको छ ।








