रग्वी च्याम्पियन गोर्खालीलाई राइटपाथले गर्‍यो सम्मान

काठमाडौं । १५ औं रग्वी च्याम्पियनसिपको उपाधि जितेको गोर्खाली रग्वी क्लबलाई राइटपाथ करियर काउन्सिलिङले सम्मान सहित पुरस्कृत गरेको छ ।

क्लबको प्रायोजक रहेको राइटपाथले एक कार्यक्रमको आयोजना गर्दै उक्त प्रतियोगिताको विजेता गोर्खाली रग्बी क्लबलाई बधाई तथा शुभकामना सहित पुरस्कृत गरेको हो ।

खेलाडीलाई पुरस्कृत गर्दै राइटपाथका सिइओ फिलिप डिसिले गोर्खाली रग्वी क्लबसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए ।

उनले क्लबलाई आवश्यक सहयोग गर्ने र खेल क्षेत्रको विकासका लागि पहरेदार बन्ने बताए ।

दशरथ रङ्गशालामा शनिवार भएको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खाली रग्वी क्लब च्याम्पियन बनेको थियो ।

फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगितामा गोर्खाली रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब गरी चार टिम सहभागी थिए ।

गोर्खाली रग्बीले रनिङ ट्रलीसहित १ लाख नगद पुरस्कार जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =