आइसिसी लिग–२

नेदरल्याण्ड्ससंग ८ विकेटले हार्‍यो नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ ।

नेपालले दिएको १७३ रनको समान्य लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा दुइ विकेट गुमाउँदै पुरा गर्‍यो ।

नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो ।

जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेदरल्यान्डलाई ओपनर ब्याट्सम्यानद्वय म्याक्स ओ’डड र माइकल लेभिटले गतिलो सुरुआत दिएका थिए ।

यी दुबै ओपनरले ६१ रनको साझेदारी गरे । लेभिटले ३९ र म्याक्सले २८ रन बनाए । डच टोलीका अन्य ब्याट्सम्यानले पनि निखारिएको प्रदर्शन गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका बिक्रमजित सिंहले अविजित ५८ रन बनाए । उनले ९२ बलको सामना गरी सात चौका पनि हिर्काए ।

चौथो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अविजित ४६ रन बनाए ।

उनले ७५ बलमा तीन चौका प्रहार गरे ।

नेपाली टोलीका बलर ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यानजस्तै बलरहरु पनि प्रभावकारी देखिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =