रोटरी क्लबद्वारा रोटरी डेको उपलक्ष्यमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । रोटरी ई क्लब ३२९२ ले ११९ औं रोटरी जन्मोत्सवको उपलक्ष्यमा कृष्टल फुड क्याफे , शंखमुलमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना बढाउने कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले ११ फाल्गुण गते ‘मानसिक सुस्वास्थ्यका लागि ‘सुरुवात म बाटै’ भन्ने विषयमा कार्यक्रम गरेको हो ।

मनोपरामर्शदाता कपिल शर्माले कार्यक्रम सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा मन, सोच , भावना र व्यवहारको अन्तरसम्बन्ध तथा परिस्थिति र मनस्थिति बिचको सम्बन्ध र अवसरहरूको बारेमा छलफलहरू भएका थिए ।

मनोपरामर्शदाता कपिल शर्माले आत्मसम्मान र आत्म–करुणा विकास गर्ने उपायहरू दिदैं सहभागीहरूको प्रश्न र जिज्ञासाको सम्बोधन पनि गरेका थिए ।

उनले आफ्नो सुस्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरामा जोड दिँदै मानसिक स्वास्थ्य सहयोगका आवश्यकता र उपायहरूका बारेमा प्रकाश पारे ।

रोटरी ई क्लब ३२९२ ले हरेक वर्ष फेब्रुअरी २३ तारिखका दिन रोटरी डने को उपलक्ष्यमा विभिन्न सामाजिक कार्यहरू गर्दै रोटरी जन्मोत्सव मनाउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *