इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि

एजेन्सी । इजिप्टमा सन् २०२५ मा भएका सडक दुर्घटनामा ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ ।

इजिप्टको केन्द्रिय परिचालन तथा तथ्यांक निकायले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले बढी हो ।

निकायद्वारा जारी प्रेस विज्ञप्तिकाअनुसार कायरो प्रान्तमा सबैभन्दा बढी ७ सय ७९ जनाको मृत्यु भएको छ । यसैगरी, सन् २०२५ मा देशभर भएका सडक दुर्घटनामा परी कुल ८४ हजार ५ सय ५३ जना घाइते भएका छन् ।

घाइतेको यो संख्या अघिल्लो वर्षको तुलनामा १०.७ प्रतिशतले बढी हो । इजिप्टमा मुख्यतया तिब्र गति, ट्राफिक नियमको उल्लंघन र सडकको कमजोर मर्मतसम्भारका कारण हरेक वर्ष हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।

सवारी चाप कम गर्न र दुर्घटना न्युनिकरणका लागि इजिप्ट सरकारले हाल सडक सञ्जालको स्तरोन्नति गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =