रास्वपा दोस्रो चरणको चुनाव : पदाधिकारीका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
२०८३ असार १२ गते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो चरणको निर्वाचनअन्तर्गत पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको सूची अनुसार उपसभापति खुल्लामा डा. स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ ।
त्यस्तै, महिला उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्की भिड्दैछन् ।
महामन्त्रीका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् । सहमहामन्त्री पुरुषमा ११ र सहमहामन्त्री महिलामा ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।


२०८३ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित










