निर्विरोध रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा विराजभक्त श्रेष्ठ पछि हटेपछि स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका श्रेष्ठ पछि अटेपछि अर्थमन्त्रीसमेत रहेका वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए ।

यद्यपि, निर्वाचन आयोगले पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =