वडा कार्यालयभित्र भर्खरै बिहे गरेकी युवतीको शव

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन् । आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र दार्चुला घर भएकी २० वर्षीया प्रमिला धामी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

प्रेम सम्बन्धपछि केही महिना पहिलेमात्रै बिहे गरेकी धामी भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन् । उनी श्रीमानसँगै वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् । घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ ।

माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ ।

बिहान ४ बजेतिर मर्निङ्गवाकमा जानेले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *