फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान

सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो।

खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ। पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताए।

उनकाअनुसार रुकुमपश्चिम र जाजरकोटमा भने खोप अभियान सकिसकेको छ।

दादुरा–रुबेला खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरु र ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन्।

यस अभियान तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ। बाँकी जिल्लाहरुमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *