टुँडिखेलमा यसरी मनाइयो ७४औँ प्रजातन्त्र दिवस (तस्बिरहरू)

काठमाडौँ । टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७४ औँ प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० ब्यानर अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *