तस्बिरमा ‘सिर्जना- २०२४ : ब्रेड्स अफ साइमल्ट्‌यानिट’ कला प्रदर्शनी

काठमाडौँ । ‘सिर्जना–२०२४ : ब्रेड्स अफ साइमल्ट्‌यानिट’ कला प्रदर्शनीमा सुरु भएको छ ।

बबरमहलस्थित नेपाल आर्ट कासन्सिलमा पहिलो तलाको ग्यालरी कक्षमा ‘सिर्जना–२०२४ : ब्रेड्स अफ साइमल्ट्‌यानिट’ सुरु भएको हो ।

सिर्जना कलेज अफ फाइन आर्टस्‌मा अध्यापनरत अध्यापकहरू तथा कलेज संस्थापन पक्षसँग आबद्ध कलाकारहरूको सिर्जनात्मक अन्वेषण र उपलब्धिलाई उजागर गर्नु उक्त कला प्रदर्शनीको उद्देश्य रहेको कलेजले जनाएको छ ।

कलेजका अनुसार यस प्रदर्शनीमा दर्शकहरूले ज्येष्ठदेखि कनिष्ठ पुस्ताका २८ जना कलाकारहरूका विविध शैली, माध्यम, पद्धति एवम् वैचारिक चिन्तनमा रचित उम्दा पेन्टिङ, ड्रइङ, प्रिन्ट, फोटोग्राफ, पेपर कट्स, इन्सटलेसन, सेरामिक्स, मूर्ति आदिको अवलोकन गर्न पाउने छन् ।

‘सिर्जना–२०२४’ मा नेपाली कलाजगत्‌का चार जना मूर्धन्य कलाकारहरू सर्वश्री शशीविक्रम शाह, वत्सगोपाल वैद्य, कृष्ण मान्नधर तथा मदन चित्रकारको विशिष्ट उपस्थिति रहेको छ । प्रदर्शनीमा यी लब्धप्रतिष्ठित कला स्रष्टाहरूको लामो कला–यात्रा र उनीहरूका सिर्जनाका विविध पाटालाई प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

असार ७ गतेसम्म सञ्चालन हुने यस कला प्रदर्शनीको अन्तिम दिन सिर्जना कलेज अफ फाइन आर्टस्‌का सङ्गीत तथा नृत्य विभागका अध्यापकहरूबाट विविध साङ्गीतिक एवम् नृत्य प्रस्तुतिको कार्यक्रम पनि रहेको प्रिन्सिपल डा. बालकृष्ण रञ्जितछले बताए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *