टुँडिखेलमा साकेला उभौलीको रौनक (तस्बिरहरू)

काठमाडौँ । टुँडिखेलमा किरातीहरूको महान् चाड साकेला उभौली भव्यताका साथ मनाइएको छ ।

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराँती राई तथा सुनुवारहरूले शनिवार टुँडिखेलमा साकेला ‘उभौली’ भव्यताका साथ मनाएका हुन् ।

उनीहरूले साकेला उभौलीमा ‘साकेला शिली’ नाच्दै शुभकामना आदान प्रदान गरेका छन् ।

उनीहरू परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाचेका देखिन्छन् ।

वैशाख पूर्णिमामा पर्ने किराँत राई समुदायको उभौली पर्व एउटा महत्त्वपूर्ण पर्व हो ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *