वसन्त पञ्चमी : नील सरस्वतीमा पूजा (तस्बिरहरू)

काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ ।

यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ । काठमाडौँ उपत्यकाको स्वयम्भू, मैतीदेवी र लाजिम्पाटस्थित नील सरस्वती, ललितपुरको लेलेमा सरस्वती पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र ज्ञान वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

  • तस्बिर लाजिम्पाटस्थित नील सरस्वतीमा लिइएका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *