सडक दुर्घटनामा परेकाहरूको दुर्घटनास्थलमै उपचार गराइने सम्झौता

काठमाडौँ । सडक दुर्घटनाको आपत्कालीन अवस्थामा उद्धार र उपचारको व्यवस्था गर्नेगरी राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार काठमाडौं स्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जन र राष्ट्रिय सडक सुरक्षा परिषद्को तर्फबाट सदस्यसचिव कृष्णराज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सुरक्षित सडक र दुर्घटना न्यूनीकरणका लागि दुर्घटना भई आइपर्ने आपत्कालीन अवस्थामा खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

पृथ्वी राजमार्ग ट्रमा सेन्टरबीच चिकित्सकीय सम्प्रेषण गर्न एक किसिमको आबद्धताको लागि कन्सलटेन्टहरुले तयार गरेको नमुनागत प्रणाली कार्यान्वयनमा ल्याई परीक्षण गर्न सशस्त्र प्रहरी बल नेपालको सहयोग तथा कार्यान्वयनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको सशस्त्र प्रहरी बलले बताएको छ ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरूको उद्धार, घाइतेहरूको उपचार स्थलगतमै उपलब्ध गराउने गरी सम्झौता भएको बताए । उनले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा धेरै दुर्घटना हुने भएपनि सो सडकखण्डमा बल्बु अस्पताल भन्दा बाहेकका ठूला अस्पताल नभएकाले उपचार पहिलो प्राथमिकताको लागि विभिन्न संस्थाहरूसँगको सहकार्यमा काम गर्ने योजना रहेको बताए ।

उनले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरूको उद्धार, घाइतेहरूको उपचार स्थलगतमै तुरुन्तै गर्ने उद्देश्यले सम्झौता गरिएको बताए । उनले दुर्घटनामा परेका घाइते तथा बिरामीहरूलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसञ्चालन हुँदै आइरहेको उल्लेख गरे ।

उनले दुई वर्षको लागि सम्झौता भएको बताए । सडक दुर्घटना प्रतिकार्यलाई प्रभावकारी बनाई बिरामी तथा घाइतेहरूको जीवन रक्षा, ट्रमा सेन्टरको भौतिक संरचना र मानव संसाधनहरूको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उक्त सम्झौता पश्चात् नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरूको उद्धार, घाइतेहरूको उपचार स्थलगतमै तुरुन्तै हुने अपेक्षा रहेको छ । त्यस्तै सडक दुर्घटनामा अनावश्यक मृत्यु र अंगभंगमा समेत उल्लेख्य कमी आउने र स्थानीय सबै स्वास्थ्य संस्थाहरूमा ट्रमा सम्बन्धी तालिम एवं मेडिकल सामग्री तथा उपकरणहरू समेत थप हुने सशस्त्र प्रहरी बलको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *