थापाथली क्याम्पसको ‘यथार्थ’ प्राविधिक प्रदर्शनी सम्पन्न (तस्बिरहरू)

काठमाडौँ । स्व.वि.यु थापाथली क्याम्पसद्वारा आयोजित ‘यथार्थ’ नामक प्राविधिक प्रदर्शनी सम्पन्न भएको छ ।

बिहीबार थापाथली क्याम्पसमा उक्त प्रदर्शनी सम्पन्न भएको हो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले मन्त्रिपरिषद्को बैठकमा प्राविधिक शिक्षामा बजेट वृद्धि गर्न प्रस्ताव गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्पन्न समारोहमा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् नेपाल विद्यार्थी संघ पूर्व महामन्त्री उर्मिला थपलियाले अब प्रविधि र रोबर्टको विकाशले नेपाल कृषि क्रान्ति गरी त्यही कृषि क्रान्तिको जगमा औद्योगिक क्रान्ति गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताइन् ।

त्यस्तै विद्यार्थीहरूको रचनात्मक प्रस्तुतिको प्रशंसा गर्दै थप हौसला प्रदान गरिन् ।

थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले प्राविधिक क्षेत्रमा उचित बजेट नपुग्दा पूर्वाधार र गुणस्तरवृद्धिमा समस्या आइरहेको बताए ।

त्यस्तै कार्यक्रम सञ्चालक स्ववियु कोषाध्यक्ष महेश बन्जाडेले क्याम्पसमा हुने यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूको सृजनशीलता र रचनात्मक क्षमतामा वृद्धि हुने भएकोले स्ववियुले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *