लमजुङमा एक थान भरूवा बन्दुक बरामद
२०८० माघ १४ गते

लमजुङ । दुधपोखरी गाउँपालिका–२ भाले खोलास्थित बाटो छेउबाट भरूवा बन्दुक १ थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक
फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० माघ १४ गते
प्रतिक्रिया








