मण्डला थिएटरमा नाटक ‘द जू स्टोरी’ मञ्चन (तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द जू स्टोरी’ मञ्चन भएको छ । अमेरिकन नाटककार एडवर्ड अल्बीको नाटकलाई द वर्ड थिएटर नेपालले नेपाली भाषामा रूपान्तरण गरेको हो ।

नाटकलाई सजग रानाले निर्देशन गरेका छन् । नाटकमा एक्लोपन महसुस गरिरहेका युवा पुस्ता, मानसिक रोगले पीडित दुई विम्ब प्रतिको लैंगिक पहिचान नाटकमा देखाउन खोजिएको छ । द वर्ड थिएटरको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक सोमबार बाहेक साताको प्रत्येक दिन अपराह्न ४ बजे मञ्चन भइरहेको हो ।

शनिबार भने दिउँसो साढे १२ बजे र ४ बजे गरी दुई शो हुने जनाइएको छ । नाटकमा कलाकार राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *