यू–१९ विश्वकप

नेपालले टस जित्यो, पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौ । आइसीसी यू–१९ विश्वकप क्रीकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।

यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अर्को चरण पुग्न पाकिस्तानलाई हराउनै पर्ने दबाब छ ।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =