मदरसाको अवस्था नाजुक छ, राज्यको ध्यान पुगेनः अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मदरसा सञ्चालनका लागि राज्यको ध्यान नपुगेको बताएका छन् ।

आईतवार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताए ।

उनले नेपालमा २ हजार भन्दा बढी मदरसाहरु रहेको र सरकारले बेवास्त गर्दा विद्यार्थीहरु त्रिपालमुनि बसेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले मदरसाहरु चन्दाको भरमा चलिरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिए । उनले मदरसाहरुको अवस्था नाजुक रहेकाले राज्यले बढी जोड दिनुपर्ने बताए ।

उनले भने– ‘नेपालमा २ हजार भन्दा बढी मदरसाहरु छन् । सबै प्रदेशमा रहेका छन् । जसमध्ये लुम्बिनी, मधेस,कोशी प्रदेश, वागमती प्रदेशमा बढी छ । मदरसा निःस्वार्थले चलाइरहेका छन् । अहिले केही समय अघिदेखि राज्यले अनुदानस्वरुप दिएको छ । कयौँ वर्ष अघिदेखि नै मदरसा चलिरहेको छ । ती मदरसा चन्दाको भरमा चलिरहेका छन् । मदरसाहरुको अवस्था अत्यन्त नाजुक रहेको छ । अहिले पनि धेरैजसो मदरसाहरुमा बोरा र सुकुल ओछ्याएर पढ्नुपर्ने बाध्यता छ । त्यसमा राज्यको ध्यान नपुगेकै हो । ३ लाख बढी विद्यार्थीलाई शिक्षा दिइरहेको मदरसालाई बेवास्ता गर्नु हुँदैन ।’

अध्यक्ष अन्सारीले मदरसाको प्रधानाध्यापक मुस्लिम समुदायकै व्यक्ति हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =