यू–१९ विश्वकप

न्युजिल्यान्डविरूद्ध नेपालले लियो तीन विकेट

काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले र न्युजिल्यान्डको तीन विकेट लिएको छ ।

नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो ।

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे ।

१३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो । नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे ।

स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए । उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =