स्कुल बसको ठक्करबाट ३ वर्षीय विद्यार्थी समीर कार्कीको मृत्यु
२०८० माघ ६ गते

फाइल फाेटाे
पोखरा । पोखरामा स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पोखरा २४ कास्कीकोटमा ग१क ४०८२ नम्बरको बसले ठक्कर दिँदा बाल प्रतिभा बोर्डिङ स्कुलमा अध्ययनरत ३ वर्षीय समीर कार्कीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०८० माघ ६ गते
प्रतिक्रिया








