राइटपाथमा भ्वाईस अफ नेपालका फस्ट रनरअफ ‘योन्जन’ लाई सम्मान

काठमाडौँ । भ्वाईस अफ नेपालका फस्ट रनरअफ मकर बहादुर योन्जनलाई राइटपाथ करियर काउन्सिलिङले सम्मान गरेको छ ।

पुतलीसडक स्थित राइटपाथ करियर काउन्सिलिङले बिहीबार योञ्जनलाई सम्मान गरेको हो । योन्जनलाई उक्त संस्थाका सिइओ फिलिप डिसीले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा योञ्जनले पहिलादेखि नै राइटपाथ करियर काउन्सिलिङ आउन मन लागेको र राइटपाथले उच्च शिक्षा हासिल गर्न जान चाहने बिद्यार्थीहरुको लागी खेलेको भूमिका प्रत्यक्ष रूपमा देख्न पाउँदा खुसी लागेको व्यक्त गरेका थिए ।

त्यस्तै, राइटपाथका तर्फबाट सिइओ फिलिप डिसीले शुभकामना प्रदान गर्दै मकर योन्जन भ्वाईस अफ नेपालका फस्ट रनरअफ भएता पनि आफ्नो लागि भने विजेता नै भएको र योञ्जनलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताएका थिए ।

त्यस्तै, राइटपाथ करियर काउन्सिलिङबाट कक्षा १२ पास गरिसकेका साथै डिप्लोमा, ब्याचलर, मास्टर्स अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् । राइटपाथले युके, क्यानडा, अस्ट्रेलिया, न्युजलेण्ड, अमेरिका जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको छ ।

काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रहेको सो संस्थाको मोफसल अन्तर्गत चितवन, दाङ, हेटौँडा, झापा, धनकुटा र उपत्यकामा काठमाडौँको नयाँ बानेश्वोर, ललितपुरको कुमारी पाटी शाखाहरूबाट समेत शैक्षिक परामर्श दिँदै आएको राइटपाथले सामाजिक सेवामा पनि उतिकै योगदान गर्दै पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *