किन बिदा नबसेको भन्दै ५ प्रहरीलाई सोधियो स्पष्टीकरण

काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म पनि बिदा नलिने पाँच जना कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

प्रहरी नियमावली २०७१ अनुसार पाउने बिदाको सुविधा नलिएकाले किन कुनै किसिमको बिदामा नभएको भन्दै खोटाङ प्रहरीले ५ जना जवानलाई स्पष्टीकरण सोधेको हो ।

जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काका अनुसार सुविधा अनुसार बिदा बस्दा काममा पनि प्रभावकारिता बढ्ने भएकाले बिदा बस्नलाई प्रोत्साहित गर्न खोजिएको हो ।

‘कारबाही गर्नका लागि स्पष्टीकरण सोधिएको होइन, बिदा बस्नलाई प्रोत्साहित गर्न खोजेका हौं’, खड्काले भने, ‘घर बिदा जाँदा आफन्त र परिवारसँग भेट हुन्छ, पारिवारिक तनाव पनि कम हुन्छ, त्यसो हुँदा काममा पनि प्रभावकारिता देखिन्छ भन्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nine =