काठमाडौंमा नक्कली मदिरा बेच्ने ९ जना पक्राउ(भिडिओ)

काठमाडौँ । काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो ।

काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरुले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताए ।

पक्राउ पर्नेहरूमा रामेछापका वर्ष २८ का मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षका अर्का लेखविक्रम थापा रहेका छन् ।

त्यसैगरी रामेछापका वर्ष २० का मनिष खत्री, २३ वर्षका महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षका रोशन कार्कीलाई पनि पक्राउ गरिएको जनाएको छ । उनीहरूको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

डिएसपी घिमिरेले नक्कली मदिराहरू बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरूलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताए ।

प्रहरीको उनीहरूको साथबाट नक्कली खुकुरी रम २८८ बोतललगायतका मदिरा पनि बरामद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =