कुशल भन्छन्– मलाई अष्ट्रेलियाको क्रिकेट कल्चर मन परेन(भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफूलाई अष्ट्रेलिया क्रिकेट कल्चर मन नपरेको बताएका छन् ।
एक महिना अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका उनले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘मलाई त्यस्तो नढाटी भन्दा अष्ट्रेलियाको क्रिकेट कल्चर मन परेन । किनभने म यहाँ दिनभर खेलेको बानी । त्यहाँ शनिबार खेल र अन्य दिन अभ्यास गर्नुपर्ने रहेछ । सोची राखेको थिए त्यस्तो क्रिकेट खेलेर पनि उनीहरु त्यति राम्रो गरेको छ’, कुशलले अष्ट्रेलिया क्रिकेट संस्कार बारे भने ।
अष्ट्रेलिया भम्रणमा राम्रो अनुभव भएको उनले बताए । ‘राम्रो अनुभव रह्यो । राम्रा खेलाडीहरु पनि खेलको थिए । बिग ब्यास लिग खेलेका र भिक्टोरिया लगायतका टोलीहरु पनि थिए । समग्रमा राम्रो भयो । तर जस्तो मैले सोचेको थिए त्यस्तो चाहिँ भएन । मेरो प्रदर्शन पनि सोचे जस्तो भएन’, कुशल भुर्तेलले भने ।
भिडिओ–








