गौशाला–२६ को पहिचान खुलाउनेलाई खोज्दै प्रहरी

काठमाडौं । गौशाला–२६ ले दिएको उजुरीमा साइबर ब्युरोले अनुसन्धानमा तीव्रता दिएको छ ।

सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्बिरहरू सार्वजनिक भएपछि अनुसन्धान थालेको ब्युरोले जनाएको छ ।

ब्युरोका एक अधिकारीका अनुसार गौशाला–२६ का तस्बिर सार्वजनिक गर्नेहरूको खोजी सुरु भएको छ ।

‘विद्युतीय माध्यमबाट ती तस्बिरहरू सार्वजनिक गराइएकाले ब्युरोले यो विषयलाई नोटिसमा लिएको हो’, ती अधिकारीले भने–अनुसन्धान भइरहेको छ,पहिचान खुलाउनेलाई खोज्दै छौं ।’

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधवार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।

त्यसपछि लामिछानेका समर्थकहरूले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर र व्यक्तिगत विवरणहरू सार्वजनिक गराएका थिए ।

यो पनि पढ्नुहोस्–आफ्नो तस्बिर सार्वजनिक भएपछि गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =