मन्त्री ज्वाला भन्छन्– मैले जिम्मेवारी सम्हालेपछि विकासले गति लियो(भिडिओ)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडक खण्डको कामले तिब्रता पाएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । उनले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम अघि बढाइएको बताए ।

उनले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तिब्र रुपमा अघि बढ्ने दाबी गरे ।

उनले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षिय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताए ।

उनले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताए । निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए ।

उनले सो सडकखण्डहरुमा अहिले विद्युत पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए । उनले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ—बुटवल र मुग्लिन—पोखरा) मा प्रगति उल्लेख्य रहेको बताए ।

उनले भने– ‘अहिलेका समस्या केके हुन् भन्नेकुरा एकएक गरेर हामीले पहिचान गरिसकेका छौँ । अहिले हामीलाई कन्ट्याक्टरले भनेको मुख्य समस्या भनेको स्थानीय निर्माण सामग्रीहरु हो । निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा त्यो समस्या छैन, पहिलादेखि नै समाधान भइसकेको छ । पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि हामीले स्थानीय तहसँग पनि सहमति गरिरहेका छौँ । बुटवल उपमहानगरपाकिलासँग, सुनौलो, खैरेनी नगरपालिका, देवदह नगरपालिकासँग् सहमति भइसकेको छ । अब निर्माण सामग्रीको पनि अभाव हुँदैन । अब मुलतः कन्ट्याक्टरको हिसावबाट आवश्यक उपकरण, आवश्यक जनशक्ति र आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ । त्यसका निम्ति पनि हामीले निरन्तर प्रयत्न गरिरहेका छौँ । अहिले विद्युत पोल र तारको केही समस्या छ, त्यो काम पनि अघि बढेको छ । क्लियरेन्स गर्न विद्युत पोल र तारको काम केही बाँकी भएपनि काम गर्न प्रशस्त ठाउँ छ । अहिले तत्काललाई मर्मतसम्भारको कुरालाई प्राथमिकतामा दिउँ भनेर लागेका छौँ । हाम्रो अहिलेको प्राथमिकता भनेको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम गर्ने हो । हामी केही दिनमै दुवै राजमार्ग नारायणगढ—बुटवल र मुग्लिन—पोखराको लागि पनि त्यहाँ जाँदै छौँ । त्यहाँ गएर सर्वपक्षिय भेला जस्तो राख्छौँ । समाधानको निकास निकाल्नेछौँ । पछिल्लो समयमा प्रगति केही अघि बढेको छ । केही न केही सुधार भएको छ । काममा तिब्रता आएको छ । यसलाई गतिदिन विभिन्न दबाब दिएर काम सक्ने गरी अघि बढ्नेछौँ ।’

मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताए ।

उनले काम गरे÷नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र कााम नभएको देखिए ठेक्का तोड्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =