नेपालमा पहिलो पटक ‘बेसबल फाइभ च्याम्पियनसिप’ हुँदै

काठमाडौँ । नेपालमा पहिलोपटक राष्ट्रिय बेलबल फाइभ च्याम्पियनसिप हुने भएको छ ।

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा बागमती प्रदेश बेसबल संघको सहआयोजनामा दुई दिने प्रतियोगिता हुन लागेको हो ।

सो प्रतियोगिता बुधवार र बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ ।

सो प्रतियोगिताको तयारी पनि पूरा भएको संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए ।

नेपालमा सन् २०२३ देखि खेल्न सुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो । पहिलो संस्करणमा सात वटा प्रदेशका टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक टिममा आठ जना खेलाडी र दुई अफिसियल गरी कुल १० जना सदस्य रहनेछन् । सो टिममा दुई जना महिला खेलाडी अनिवार्य हुनुपर्नेछ । पाँच जनाको प्लेइङ सेटमा भने एक महिला खेलाडी अनिवार्य गरिएको संघले जनाएको छ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ । डब्लुबिसिएसीको नियमअनुसार पाँच इनिङको खेल हुनेछ । प्रत्येक समूहका दुई वटा टोलीलाई सुपर राउण्ड रोविनका गराइनेछ । त्यहाँबाट सेमिफाइनल र फाइनल खेलाइने संघले उल्लेख गरेको छ । प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन् ।

संघका अध्यक्ष दीपक न्यौपानेले सात वटै प्रदेशको टोलीलाई प्रदेश छनोटबाट राष्ट्रिय प्रतियोगितामा समावेश गरिएको बताए । उनले बेस्ट अफ फाइभ भनेको ग्लोभ्स र ब्याटको आवश्यकता नहुने उल्लेख गरे ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *