गण्डकीमा एमाले र राप्रपाका उम्मेदवारको उम्मेदवारी दर्ता
२०८० पुस २३ गते

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले र राप्रपाले गण्डकीमा उम्मेदवारी दर्ता गरेका छन् ।
गण्डकीमा एमालेले अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता–अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलाबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिएका हुन् ।
यता, राप्रपाले पनि गण्डकी प्रदेशमा २ जना उम्मेदवार उठाएको छ । राप्रपा नेता रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको हो ।
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ । निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश र संघीय सांसदले मतदान गर्न पाउनेछन् ।
२०८० पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








