राष्ट्रियसभाका मतदाताको अन्तिम नामावली प्रकाशन

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिँदै छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुन लागेको हो ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =