पुस २७ र २८ गते ‘चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता’ हुने

काठमाडौँ । चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा सो प्रतियोगिता आगामी पुसको २७ र २८ गते हुने भएको भएको हो ।

शुक्रवार संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

संघका अध्यक्ष हरिशरण केसीले प्रतियोगितामा पुरुष तथा महिलातर्फm समान ६ विधामा प्रतिस्पर्धा हुने जानकारी दिए ।

प्रतियोगिताका खेलहरू वसुन्धरास्थित यति पार्टी प्यालेसमा हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजी तथा महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुला तौलसमूह र एकल कातामा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष तथा महिला गरी कुल १२ खेलाडी सहभागिता जनाउन पाउनेछन् ।

त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन् । प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा हरेक विधामा पदक जित्ने पुरुष÷महिला खेलाडी, बेस्ट फाइटर तथा शीर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिने भएको छ । आयोजककाअनुसार प्रतियोगिता आयोजना करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *