बालकोटमा रवि लामिछाने, ओलीसंग गोप्य भेट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।

अध्यक्ष ओली र सभापति लामिछानेबीच शुक्रबार मध्याह्न भेटवार्ता भएको हो ।

‘उहाँहरूबीच अहिले कुराकानी भइरहेको छ, भेटवार्ताको विषय खुलेको छैन,’ ओलीनिकट एमालेका एक नेताले भने ।

रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए । ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट नभएको एमालेका ती नेता बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =