एमाले प्रस्तावमाथि गठबन्धनको बैठकमा भोलि बिहान फेरि छलफल हुने

सत्तागठबन्धनका दलहरूबीचको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेको प्रस्तावबारे छलफल भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आज बसेको सत्तागठबन्धनको बैठकमा एमालेको प्रस्तावमाथि छलफल भएको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभामा आफूहरूलाई शून्य बनाएर नजानुस् भनेर आफूलाई एमाले अध्यक्षले बताएको जानकारी गराएका थिए।

त्यसपछि सोही विषयमा केन्द्रित भएर सत्तागठबन्धनमा छलफल भएको थियो। तर, बैठकले कुनै निष्कर्ष भने निकालेको छैन।

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्ताव स्पष्ट नआइसकेकाले अहिले कुनै टुंगोमा नपुगेको प्रतिक्रिया दिए।

सत्तागठबन्धनको बैठक चलिरहँदा एमाले अध्यक्ष ओली पनि बैठकमा सहभागी हुन पुगेका थिए। केहीबेर बसेर उनी बाहिरिएको नेता पाण्डेले जानकारी दिए।

सत्तागठबन्धनले एमालेको प्रस्तावलगायतका विषयमा छलफल गर्न भोलि बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा पुनः छलफल राखेको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =