हर्कलाई कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दबाब

काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर कार्यकक्षमा राख्न दबाब दिइएको छ ।

नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा राजनीतिक दलका भातृ सङ्गठनले पुनः राख्नको लागि शान्तिपूर्ण दबाब दिएका हुन् ।

मंगलबार धरानका राजनीतिक दलका भातृ सङ्गठनले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि शान्तिपूर्ण र्‍याली गर्दै तस्बिर राख्न दबाब दिएका हुन् ।

नगर प्रमुख राईले पुस १२ गते आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किरातीको राजा यलम्बरको तस्बिर राखेपछि सिर्जना भएको विवादले पुस १३ गतेको कार्यपालिका बैठकसमेत स्थगित भएको थियो ।

कार्यपालिका बैठकमा वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यले पुनः फोटो राख्न अनुरोध गरेपछि नगर प्रमुख राईले यस विषयमा सोचेर निर्णय गर्ने भनेपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।

नगर प्रमुख राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखेपछि केही दिनदेखि राजनीतिक दलहरूले आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया

One thought on “हर्कलाई कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दबाब

  1. यो ग़लत भयो । राष्ट्र प्रमुख राष्ट्रपतिको फोटो राख्न पर्छ ।नेपालको प्रचलित प्रणाली बिरुद्ध जानू उचित होइन हर्कजी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =