राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

मेडल ल्याउनु ठूलो कुरा होइन, अरूलाई आफूसँगै खेल्ने बनाउनु ठूलो हो : बालेन्द्र

काठमाडौँ । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।

काठमाडौंको दशरथ रङ्गशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा करिब ३२ सय जना विद्यार्थीहरूले सहभागिता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो सङ्ख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरूलाई आग्रह गरे ।

उनले मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए ।

उनले भने ‘आजबाट सुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरूले भाग लिनुभएको छ । आगामी दिनमा बढाएर बिस्तारै ५ हजार १० हजारले भाग लिनुहोस् । मेडल ल्याउनु ठूलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । भोलिका दिनमा वल्र्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईँहरूले आफूसँगै अरूलाई इन्स्पायर गर्नुस् ।’

मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरूलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =