बसको ठक्करबाट विद्यालयबाट घर फर्कदै गरेका बालकाे मृत्यु

दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङ्गैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको हो ।

तुलसीपुर–१८ स्थित जनकल्याण माध्यमिक विद्यालयबाट घर फर्कदै गरेका बालक चौधरीलाई भे १ ख ३६९७ नम्बरको बसले अपरान्ह साढे ४ बजे ठक्कर दिएको थिया्े।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =