धोती दिवस मनाउन खोज्दा मन्त्री अनिता साह र सीके राउतसहित चार दर्शनभन्दा बढी पक्राउ
२०८० पुस १६ गते

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित चार दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् । धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको थियो । अहिले उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
२०८० पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








