वैद्यले गरे बालकुमारी घटनाको भर्त्सना, संघर्षको कार्यक्रम घोषणा

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ। पार्टीका प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको निधन भएकोमा भर्त्सना गरेका हुन् ।

‘वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरु पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै सो पार्टीले संघर्षका कार्यक्रम समेत तय गरेको छ ।
संघर्षका कार्यक्रमअनुसार शनिबार सो पार्टीले मसाल जुलुस गरेको छ भने पुस १५ गते उपत्यकामा विरोधसभा, पुस १७ गते वैदेशिक रोजगार विभागमा विरोधसभा र पुस १८ गते उपत्यकामा सडक अन्तरक्रिया आयोजना गरेको छ ।

यस्तै पुस १९ गते उपत्यकामा विरोधसभा, पुस २० गते देशव्यापी कोणसभा, पुस २२ गते चक्काजाम ९बिहान १० देखि १०ः३००, पुस २३ गते सिठ्ठी जुलुस (उपत्यका), पुस २४ गते उपत्यका रिङरोड परिक्रमा ९मोेटर साइकल० र पुस २५ गते देशव्यापी संसदीय व्यवस्थाको विरोधमा पुत्लादहन गर्ने कार्यक्रम गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

One thought on “वैद्यले गरे बालकुमारी घटनाको भर्त्सना, संघर्षको कार्यक्रम घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =