एनएसएल फाइनल

धनगढीविरुद्ध ललितपुरले फर्कायो गोल, पहिलो हाफ बराबरी

काठमाडौं । नेपाल सुपर लिग २ अन्तर्गत धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच जारी फाइनल खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा नाइजेरियन फरवार्ड ओलावाले आफिजको गोलमा ललितपुरले सुरुवाती अग्रता लिएको हो । ललितपुरले खेलमा आक्रामक सुरुवात गरेपनि धनगढीको पोस्टमा राम्रो आक्रमण बुन्न सकेन । धनगढीले भने काउन्टर अट्याकमा अग्रता लिन सफल भयो । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुरका इमोह एजेकेलले सिधै फ्रिकिकमा गोल गर्दै खेल बराबर गरे ।

खेलको चौथो मिनेटमा धनगढीका आशिष चौधरीको क्रस ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसले सहजै समात्न सफल भए । १२औं मिनेटमा धनगढीकै अभिषेक गुरुङको प्रहार डिफ्लेक्ट भएर पोस्टको माथिबाट बाहिरियो ।

१६औं मिनेटमा ललितपुरका सनिश श्रेष्ठको उत्कृष्ट ट्याकलले अहमद हिजाजीलाई विफल पार्यो । ओमोलाजा करिमले क्लियर गर्न खोजेको बलमा चाहेजस्तो सम्पर्क बनाउन नसकेपछि हिजाजीको लागि अवसर सिर्जना भएको थियो । तर सनिशले अवस्था बुझ्दै राइटब्याक बाट आएर गरेको ट्याकलका कारण हिजाजीले प्रहार गर्न सकेनन् ।

२७औं मिनेटमा धनगढीका कमल श्रेष्ठ र आशिष चौधरीको लगातार दुई क्रस ठाउँमा जान सकेन । ३५औं मिनेटमा ललितपुरका दिनेश हेन्जनको फ्रिकिकले पनि पोस्टको दिशा लिन सकेन ।

३८औं मिनेटमा भने ओलावाले अफिजको गोलमा धनगढीले खेलमा अग्रता लियो । आशिषको लामो पासमा हिजाजीले डिफेन्स पछाडि रन बनाएर गरेको प्रहार बाल्टुसलाई लागेपछि ओलावालेले सहजै बललाई पोस्टमा हालेका थिए ।

इन्ज्युरी समयमा ललितपुरका लागि इमोहले सिधै फ्रिकिकमा गोल गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे ।

लिग तालिकामा दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । चौथो स्थानमा रहेको ललितपुर भने काठमाडौं विरुद्ध इलिमिनेटरमा र पोखरा विरुद्ध दोस्रो क्वालीफायरमा जित निकाल्दै फाइनल सम्म आएको हो । धनगढीको यो लगातार दोस्रो फाइनल समेत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =