सन्दीपको उत्कृष्ट बलिङमा आर्मीलाई हराउँदै पर्सा फाइनलमा

काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा पर्साले प्रो क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३१ रनले हराउँदै फाइनलमा पुगेको छ ।

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मी १६.२ ओभरमा ६८ रनमा अल आउट भयो । आर्मीका कुशल मल्लले २१ बलमा २ चौकासहित सर्वाधिक १९ र बसिर अहमदले १० रन बनाए । आर्मीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर सन्तोष कार्की ४, विनोद भण्डारी ९, रोहित पौडेल ८, भीम सार्की ९, राजेश पुलामी २, सन्दीप रजाली १ र विवेक यादव २ रनमा आउट भए । पर्साका सन्दीपले ३.२ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । अनिल शाह, पवन सरार्फ र साम्सद मानसुरीले २–२ विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पर्सा १९.४ ओभरमा ९९ रनमा अल आउट भएको थियो । पर्साका साम्सद मानसुरीले १७, रुपेश सिंह १५, इमरान शेख ९, अनिल शाह १५, सुरज पटेल ७, हासिम अन्सारी ९, पवन सरार्फ ११ र सन्दीप लामिछाने ६ रनमा आउट भए ।

आर्मीका सोमपाल कामीले ३.४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । साहब आलमले २ र विवेक यादवले १ विकेट लिए । पर्साले फाइनलमा दोस्रो सेमिफाइनलको विजेता पुलिस र नोयडामध्य एकसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =