अनेरास्ववियु गण्डकीको अधिवेशन सुरू(फोटो फिचर)

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा सुरू भएको छ ।

बगरस्थित पृथ्वीनारायण क्याम्पसमा सुरु भएको अधिवेशनको उद्घाटन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरे ।

अधिवेशनमा ११ जिल्लाबाट करिब ३ सय जना प्रतिनिधि अधिवेशनमा भाग लिन पोखरा गएका छन् ।

यो अधिवेशनबाट नेतृत्वमा पुग्न कास्कीका सुशन घिमिरे, सञ्जय पौडेल बैरागी, महेन्द्र उपाध्याय, अखिल प्रदेश संयोजक तनहुँका रमाकान्त (आर.के) पोखरेल र गोरखाका प्रबिन श्रेष्ठको नाम चर्चामा छ ।

सकेसम्म सहमतिमै नेतृत्व टुंग्याउने र नभए चुनाव हुने अनेरास्ववियुका एक नेताले बताए ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *