सर्वोच्च अदालतको न्यायाधीश पदमा ६ जना नियुक्त
२०८० पुस ४ गते

काठमाडौँ । सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् ।
संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरुलाई नियुक्त गएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।
न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो ।

२०८० पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








