अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शले प्राप्त भएको हो : देउवा
२०८० पुस ३ गते

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शका कारण प्राप्त भएको बताएका छन् ।
पोखरामा जारी कांग्रेस गण्डकी प्रदेशको सम्मेलनमा उनले अरु पार्टीले कांग्रेसको आदर्श र सिद्धान्त मानेका कारण अहिलेको उपलब्धि सजिलै आएको बताए।
‘कांग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएकाले पार्टीको जित भएको मान्नुपर्छ,’ उनले भने,‘हाम्रो आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएका छन् । त्यसकारण हाम्रो पार्टीको जित भएको मान्नुपर्छ ।’
उनले संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो भएको सुनाए । ‘संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो छ । त्यसैले धेरै पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ,’ उनले थपे, ‘यो बाध्यता हो रहर होइन ।’
२०८० पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








